DigiNepal
सुबिन भट्टराई
हिमाल सुबेदी · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सुबिन भट्टराई

Subin Bhattarai

Read in English · हिंदी में पढ़ें

सुविन भट्टराई एक नेपाली उपन्यासकार तथा आख्यानकार हुन्। कथाकी पात्र कथा सङ्ग्रह लेखेर लेखन क्षेत्रमा उदाएका सुविन भट्टराई युवापुस्तामा निकै चर्चित बनिसकेका छन्। उनले हालसम्म समर लभ, साया र मनसुन लगायतका उपन्यासहरू लेखिसकेका छन्। उनको चर्चित उपन्यास समर लभ उनले लेखेका दोस्रो कृति हो भने पहिलो उपन्यास हो। उनको प्रथम कृति कथाकी पात्र एक लघु कथाको सङ्गालो हो। उनको चर्चित उपन्यास समर लभ त्रिभुवन विश्वविद्यालयको पर्यावरण विज्ञानको केन्द्रीय विभागमा पढ्ने दुई विद्यार्थी बीच परेको प्रेम सम्बन्धमा केन्द्रीत छ। यो पुस्तक वि.सं २०६९ मा नेपालमा सर्वाधिक बिक्रि भएको पुस्तकहरू मध्ये एक हो। यस पुस्तकको ४०,००० भन्दा बढी प्रतिलिपी बिक्री भइसकेको छ। यसको भाग दुई साया वि.सं २०७१ मा प्रकाशित गरिएको थियो जसमा कसरी उनीहरूको बीच पुनर्मिलन हुन्छ र कसरी उनीहरूले आफ्ना परिवारलाई चित्त बुझाउँछन् भन्ने विषयमा केन्द्रीत छ। यो उनको दोस्रो उपन्यास प्रकाशन गरिएको महिनामै पुन:प्रकाशन गरिएको थियो। यो पुस्तकलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा अभिनेत्री गरिमा पन्त, केकी अधिकारी र स्वयम् लेखकले सार्वजनिक गरेका थिए।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
खोटाङ जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
लेखक wd
आधिकारिक वेबसाइट
subinbhattarai.com wd

स्रोतहरू

  1. Wikipedia (English): Subin Bhattarai · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सुबिन भट्टराई · CC BY-SA 4.0
  3. Wikidata item Q22277053 · CC0 1.0
  4. Image: सुविन भट्टराई.jpg by हिमाल सुबेदी (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सुबिन भट्टराई". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/subin-bhattarai?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुबिन भट्टराई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: सुविन भट्टराई.jpg — हिमाल सुबेदी, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व