Official update

रोग नियन्त्रण केन्द्र (CDC), खाद्य तथा औषधि प्रशासन (FDA) तथा राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण (NHAA) स्थापना सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

१४ असोज २०८३14 Asoj 20834 images

Issued by

Ministry of Health and Food Safety

More from this department

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा रोग नियन्त्रण केन्द्र (सीडीसी), खाद्य तथा औषधि प्रशासन (एफडीए) र राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण (एनएचएए) स्थापना सम्बन्धमा सम्बन्धित सरोकारवाला तथा विज्ञहरूसँग कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
गोष्ठीमा प्रस्तावित संरचनाको स्वरूप, विद्यमान संस्थाको विशेषज्ञता, जनशक्ति तथा अनुभवको उपयोग, कानुनी र संस्थागत पक्ष, जिम्मेवारीको स्पष्टता तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका विषयमा छलफल गरिएको छ। साथै, रोग निगरानी, महामारी तयारी तथा प्रतिकार्य, औषधि तथा खाद्यको प्रभावकारी नियमन र स्वास्थ्य संस्थाको गुणस्तर प्रत्यायनलाई थप व्यवस्थित बनाउने विषयमा सहभागीहरूले सुझाव प्रस्तुत गरेका छन्।
मन्त्रालयले सरोकारवाला तथा विज्ञबाट प्राप्त सुझावका आधारमा प्रस्तावित संरचनाको मस्यौदा, कार्यढाँचा तथा आगामी कार्यदिशालाई थप परिष्कृत गर्दै लैजाने जनाएको छ।

Attachments

  • 828650448_2585836771874118_2928469583153478739_n.jpgImage · 198 KBOpenDownload
  • 829115762_1788249845823704_7697078645318116767_n.jpgImage · 207 KBOpenDownload
  • 828417671_1665550145198639_5563783394029846382_n.jpgImage · 169 KBOpenDownload
  • 828895722_1095519756459465_8800607805197897450_n.jpgImage · 119 KBOpenDownload

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

Related updates