प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता
३१ भदौ २०८३31 Bhadra 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentसम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीज्यूसँग जापानी राजदूत तोरुले भेटवार्ता गर्नुभएको हो।
भेटका क्रममा प्रधानमन्त्रीज्यूले विपद्को यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्दताका लागि आभार व्यक्त गर्नुभयो।
यस्तै, राजदूत तोरुले दुःखको यस घडीमा संवेदना प्रकट गर्नुहुँदै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भेटवार्ताका क्रममा नेपाल-जापान आपसी सम्बन्धका विविध आयामहरुमा भइरहेको सहकार्यका बारेमा पनि छलफल भएको छ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.