Official update

प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूबीच भेटवार्ता

५ असोज २०८३5 Asoj 2083

Issued by

Office of the Prime Minister and Council of Ministers

More from this department

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय, सिंहदरबारमा भेट्नुभएको छ।

संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक छलफलका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले प्रमुख प्रतिपक्षी दलका प्रतिनिधिलाई बोलाउनुभएको थियो। छलफलमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँगै विश्वप्रकाश शर्मा पनि उपस्थित हुनुहुन्थ्यो।

सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि अपराह्न संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्नुहुनेछ।

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

Related updates