मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
१७ कार्तिक २०८३17 Kartik 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentमेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म रु चार अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु चार अर्ब ६७ करोड सात लाख ७३ हजार सङ्कलन गरेको हो ।
यस अवधिमा निर्धारित लक्ष्यको ९४ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन भएको हो ।
महिनागत विवरणअनुसार साउनमा रु एक अर्ब ४३ करोड ५० लाख लक्ष्य रहेकामा रु एक अर्ब २७ करोड ९८ लाख ३७ हजार सङ्कलन भएको थियो ।
त्यस्तै, भदौमा रु एक अर्ब ६४ करोड लक्ष्य रहेकामा रु एक अर्ब ५५ करोड ३५ लाख ३८ हजार सङ्कलन भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
असोजमा भने राजस्व सङ्कलन थप बढेको देखिन्छ । उक्त महिनामा रु एक अर्ब ८४ करोड ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु एक अर्ब ८३ करोड ७३ लाख ९८ हजार सङ्कलन भएको छ । यो असोज महिनाको लक्ष्यको ९९ दशमलव ५९ प्रतिशत हो ।
कार्यालयका अनुसार, गत आर्थिक वर्षको तीन महिनाको सोही अवधिमा रु चार अर्ब १५ करोड २० लाख नौ हजार सङ्कलन भएको थियो ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.
No comments yet.
Sign in to react, comment or save this update.