मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण
१८ असोज २०८३18 Asoj 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentकाठमाडौँ, १८ असोजः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी सब–स्टेसनको निरीक्षण गर्नुभएको छ ।
मन्त्री श्रेष्ठको निजी सचिवालयका अनुसार सबस्टेसनमा निर्माणाधीन हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनका दुई वटा ‘मल्टिसर्किट टावर’ बारे उहाँले जानकारी लिनुभएको छ ।
मन्त्री श्रेष्ठले देशको ऊर्जा मेरुदण्डको रूपमा रहेको टावरको काम समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको छ ।
यो प्रसारण लाइन निर्माण १२ वर्षअघि प्रारम्भ भए पनि विविध कारणले काम अवरुद्ध भएको थियो ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.
No comments yet.
Sign in to react, comment or save this update.