काठमाडौँका यी स्थानमा आजदेखि कात्तिक २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् कटौती हुने (तालिकासहित)
१३ कार्तिक २०८३13 Kartik 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentकाठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि काठमाडौँका विभिन्न क्षेत्रमा कात्तिक १३ गतेदेखि २० गतेसम्म दैनिक साढे ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
प्राधिकरणका अनुसार कात्तिक १३ देखि २० गतेसम्म बिहान १०:३० बजेदेखि अपराह्न ४:०० बजेसम्म सम्बन्धित फिडरअन्तर्गतका क्षेत्रहरूमा विद्युत् अवरुद्ध हुनेछ। भूमिगत कन्डक्टर विस्तार तथा प्रणाली सुदृढीकरणका लागि यो तालिका लागू गरिएको हो।
विद्युत् कटौती हुने क्षेत्र र तालिका:
कात्तिक १३ गते (शुक्रबार): बलम्बु, थानकोट तथा मातातीर्थ फिडरअन्तर्गत हाई भिजन कोलोनी क्षेत्र
कात्तिक १४ गते (शनिबार): सीतापाइला फिडरअन्तर्गत कलङ्की रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्र
कात्तिक १५ गते (आइतबार): कलङ्की, थानकोट तथा रोपवे फिडरअन्तर्गत कलङ्की चोकदेखि ढुङ्गेअड्डा क्षेत्र
कात्तिक १६ गते (सोमबार): बाफल फिडरअन्तर्गत कलङ्की रिङरोडदेखि स्युचाटार सब-स्टेसन क्षेत्र
कात्तिक १७ गते (मङ्गलबार): शङ्खमूल फिडरअन्तर्गत यूएन पार्कदेखि बिजुली बजार क्षेत्र
कात्तिक १८ गते (बुधबार): सतुङ्गल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र
कात्तिक १९ गते (बिहीबार): स्युचाटार एस.एस. फिडरअन्तर्गत हाज्मा पुल क्षेत्र
कात्तिक २० गते (शुक्रबार): सतुङ्गल फिडरअन्तर्गत धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.
No comments yet.
Sign in to react, comment or save this update.