Official update

कानूनमन्त्री र मलेसियाली कार्यवाहक राजदूतबीच शिष्टाचार भेटवार्ता

१६ असोज २०८३16 Asoj 20832 images

Issued by

Ministry of Law, Justice and Parliamentary Affairs

More from this department

२०८३ असोज १५ (2026 October 1)

माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री सोविता गौतमज्यूसँग नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत Mr. Mohd Firdaus bin Azman ले बिहीबार मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ।

भेटमा कार्यवाहक राजदूतले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकारले खोज तथा उद्धार कार्यमा देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। बाढीपश्चात् बेपत्ता रहेका ५५ मलेसियाली नागरिकका परिवारले भोग्नुपरेका कानूनी तथा व्यावहारिक कठिनाइ र विपद् प्रतिकार्यमा द्विपक्षीय सहकार्यका विषयमा छलफल भयो।

माननीय मन्त्रीज्यूले विपद् प्रभावित नेपाली तथा विदेशी नागरिकका हकमा कानून समान रूपमा लागू हुने बताउँदै मृत्युको अनुमानसम्बन्धी घोषणा तथा मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रिया सहज बनाउन कानून संशोधनको कार्य अघि बढिरहेको जानकारी दिनुभयो। भेटमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।

Attachments

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

0 comments
Press the up arrow for more reactions.

No comments yet.

    Sign in to react, comment or save this update.

    Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.

    Related updates