Official update

कालिमाटी बजारको सटर भाडामा लिन दोस्रो पटक बोलपत्र आह्वान

१ असोज २०८३1 Asoj 2083

Issued by

Office of the Prime Minister and Council of Ministers

More from this department

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजार हाताभित्र रहेको सटर भाडामा सञ्चालनका लागि बढाबढ प्रक्रियामार्फत दोस्रो पटक बोलपत्र (सूचना नं. ०६) आह्वान गरेको छ। समितिले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै इच्छुक व्यक्ति, फर्म तथा कम्पनीहरूबाट शिलबन्दी बोलपत्र माग गरेको हो।

​सटर तथा बोलपत्र सम्बन्धी विवरण:
​कारोबारको प्रकार: तरकारी, फलफूल तथा कृषि वस्तुको व्यापार

​सञ्चालन हुने स्थान: कालीमाटी बजार हाताभित्रको सटर

​सटर नम्बर: १०

​क्षेत्रफल: १५६ वर्ग फिट

​न्यूनतम मासिक भाडा रकम: रु. १,४८,८५२/- (एक लाख अठचालीस हजार आठ सय बाउन्न मात्र, घर बहाल कर सहित)

​धरौटी रकम: रु. ५०,०००/-

​सम्झौता अवधि: ५ वर्ष

​फारम खरिद तथा बुझाउने प्रक्रिया:
​फारम खरिद: सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र नियमानुसार रु. १,०००/- शुल्क र आवश्यक कागजात बुझाई समितिको कालीमाटी वा बालाजुस्थित कार्यालयबाट फारम प्राप्त गर्न सकिनेछ।

​फारम बुझाउने म्याद: २२ औँ दिनको दिउँसो १२:०० बजेभित्र बोलपत्रमा उल्लिखित शर्तहरूको अधीनमा रही नियमानुसार शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्नेछ।

​यस सम्बन्धी थप विस्तृत जानकारी समितिको आधिकारिक वेबसाइट www.kalimatimarket.gov.np बाट प्राप्त गर्न सकिने समितिले जनाएको छ।

Source: National Portal of Nepal

DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.

Related updates