आज देशभर मौसम बदली : पहाडी र तराई क्षेत्रमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना
२० असोज २०८३20 Asoj 2083
Office of the Prime Minister and Council of Ministers
More from this departmentकाठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा सामान्य बदली रहने जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने र देशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार, आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनेछ। यसका साथै, देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा समेत मेघगर्जनसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।
रातिको समयमा पनि देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली नै रहने मौसमविद्हरूले बताएका छन्। राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार राति हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। त्यस्तै, पहाडी भेगका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ।
यसैगरी, राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशभर मौसम सक्रिय रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।
Source: National Portal of Nepal
DigiNepal mirrors public notices for easier reading. DigiNepal is independent and is not affiliated with or endorsed by the publisher. Check the original source for the official record.
Comments are public and moderated. Don’t share phone numbers, emails or ID numbers.
No comments yet.
Sign in to react, comment or save this update.