Bank & FinanceApply by 2026-11-04via merojob
सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC)प्रथम पटक प्रकाशित मिति: २०८३ / ०७ / १२सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC) प्रदेश र केन्द्र स्तरमा एउटा अग्रणी गैरसरकारी र गैरनाफामूलक संस्था हो, जुन नेपालको १० वटा जिल्लामा विभिन्न दातृ निकायहरूको सहकार्य र सहयोगमा विभिन्न परियोजना मार्फत आफ्ना कार्यक्रम स्थापना काल देखि नै विगत १५ वर्ष देखि अनवरत रूपमा संचालन गर्दै आईरहेको छ।सामाजिक विकास र अनुसन्धान केन्द्र (SDRC) लाई धनुषा जिल्लामा परियोजना संचालनको लागि तपसिलका पदहरूमा कर्मचारी आवश्यक भएको एवं आगामी परियोजनाको लागि रोष्टर समेतको लागि न्यूनतम योग्यता पुगेका, १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (२०८३/०७/१८ गते साँझ ५:०० बजेसम्म) आफ्नो व्यक्तिगत विवरण (Biodata/CV) सहितको निवेदन (Cover letter) संस्थाको तोकिएको ठेगाना वा ईमेल मार्फत पेश गर्न आह्वान गरिन्छ।पद विवरण तथा आवश्यक योग्यता१. Admin and Finance Officer (AFO) - १ जनायोग्यता: लेखा, वित्त, व्यवसाय प्रशासन, व्यवस्थापन वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह (Bachelor's Degree) उत्तीर्ण गरेको हुनुपर्ने।अनुभव:वित्त तथा प्रशासन सम्बन्धी कार्यमा कम्तीमा ३ वर्षको सान्दर्भिक कार्य अनुभव भएको हुनुपर्ने।दातृ निकायको सहयोगमा सञ्चालित परियोजनामा काम गरेको अनुभवलाई प्राथमिकता दिइनेछ।२. Technical Officer - १ जनायोग्यता र अनुभव: सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा करिब १ वर्षको कार्य अनुभव भएको हुनुपर्ने। वा सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा (सब-इन्जिनियर) उत्तीर्ण गरी कुनै पनि विषयमा स्नातक तह पूरा गरेको तथा सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको हुनुपर्ने।३. Program Officer - १ जना (रोष्टरका लागि)योग्यता: मान्यता प्राप्त विश्वविद्यालयबाट शिक्षा, सामाजिक विज्ञान, जनस्वास्थ्य, समाजशास्त्र, सामाजिक कार्य वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने।अनुभव:परियोजना कार्यान्वयन, सामुदायिक विकास, शिक्षा, बाल संरक्षण वा सम्बन्धित विकास कार्यक्रमहरूमा कम्तीमा २-३ वर्षको सान्दर्भिक व्यावसायिक कार्य अनुभव भएको हुनुपर्ने।४. Procurement Assistant (PA) - १ जना (रोष्टरका लागि)योग्यता:व्यवस्थापन विषयमा प्रमाणपत्र तह (+२) उत्तीर्ण गरेको वा व्यवसाय प्रशासन, व्यवस्थापन, वित्त, लेखा, खरिद व्यवस्थापन, वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने।नोट: स्नातक तह उत्तीर्ण गरेका उम्मेदवारहरूलाई प्राथमिकता दिइनेछ।अनुभव:खरिद प्रक्रिया, लजिस्टिक्स व्यवस्थापन, जिन्सी तथा भण्डार व्यवस्थापन वा प्रशासन सम्बन्धी कार्यमा कम्तीमा २ वर्षको सान्दर्भिक व्यावसायिक कार्य अनुभव भएको हुनुपर्ने।गैरसरकारी संस्था (NGO), अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (INGO) वा दातृ निकायको सहयोगमा सञ्चालित विकास परियोजनाहरूमा काम गरेको अनुभवलाई प्राथमिकता दिइनेछ।नोट तथा महत्त्वपूर्ण बुँदाहरू:पदको स्पष्ट उल्लेख: आवेदनमा पदको नाम स्पष्ट उल्लेख भएको हुनु पर्ने छ।प्रारम्भिक छनौट: प्रारम्भिक छनौट (Shortlist) मा परेका उम्मेदवारहरूलाई मात्र परीक्षा प्रक्रियामा समावेश गराइने छ।प्राथमिकता: महिला, दलित, जनजाति, मधेसी, सिमान्तकृत र स्थानीयहरूलाई उच्च प्राथमिकता दिइनेछ।पारिश्रमिक: कर्मचारीको पारिश्रमिक र अन्य सुविधाको हकमा संस्थाले तोकेको अनुसार हुनेछ।हस्तक्षेप निषेध: कर्मचारी भर्ना सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा अनधिकृत दबाब आएको ठहर भएमा उक्त उम्मेदवारको आवेदन स्वतः अमान्य (Cancel) ठहरिने छ।सहमति पत्र: कार्यरत रहेको भए सो सरोकारवालाको सहमति पत्र (No Objection Letter) आवश्यक पर्नेछ।दरखास्त दिने अन्तिम मिति र सम्पर्क ठेगाना:अन्तिम मिति: २०८३/०७/१८ गते (4th November 2026) साँझ ५:०० बजे सम्म।आवेदन दिने माध्यम: आवेदनलाई कार्यालयमा स्वयम् उपस्थित भएर अथवा ईमेल मार्फत पनि पठाउन सकिने छ।