Apply by 2026-11-02via merojob
श्री शंकरज्योति माध्यमिक विद्यालयप्रस्तुत विषयमा यस श्री शंकरज्योति माध्यमिक विद्यालय, हेटौंडा–११, मकवानपुरको पत्र तथा हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको प.सं. ०८३/०८४, च.नं. २४५ र च.नं. २४७ को प्राप्त पत्रअनुसार विज्ञापन अनुमति प्राप्त भएको र विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०६/२३ गतेको निर्णयबमोजिम यस विद्यालयमा रिक्त रहेका माध्यमिक तहका अंग्रेजी, गणित तथा विज्ञान विषयका संघीय शिक्षण अनुदानअन्तर्गतका करार शिक्षक पदहरू तथा सह–लेखापाल पदमा नियुक्तिका लागि माग भई आएकाले शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९१ बमोजिम शिक्षक तथा कर्मचारी व्यवस्थापनका लागि देहायअनुसार योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।१. रिक्त पद तथा आवश्यक शैक्षिक योग्यताविज्ञापन नं. ०१/२०८३/०८४तह: माध्यमिक तहविषय: अंग्रेजीन्यूनतम शैक्षिक योग्यता: मुख्य विषय अंग्रेजी लिई स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।विज्ञापन नं. ०२/२०८३/०८४तह: माध्यमिक तहविषय: गणितन्यूनतम शैक्षिक योग्यता: मुख्य विषय गणित लिई स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।विज्ञापन नं. ०३/२०८३/०८४तह: माध्यमिक तहविषय: विज्ञानन्यूनतम शैक्षिक योग्यता: मुख्य विषय विज्ञान लिई स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।विज्ञापन नं. ०४/२०८३/०८४पद: सह–लेखापालन्यूनतम शैक्षिक योग्यता: व्यवस्थापन संकायमा कक्षा १२ (+२) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।२. तलब तथा सुविधा: नेपाल सरकारले तोकेबमोजिम हुनेछ।३. दरखास्त दस्तुर तथा भुक्तानी विधिविज्ञापन नं. ०१, ०२ र ०३ का लागि दरखास्त दस्तुर रु. १,५००/- (अक्षरेपी एक हजार पाँच सय रुपैयाँ मात्र) लाग्नेछ।विज्ञापन नं. ०४ का लागि दरखास्त दस्तुर रु. १,०००/- (अक्षरेपी एक हजार रुपैयाँ मात्र) लाग्नेछ।तोकिएको दरखास्त दस्तुर नेपाल बैंक लिमिटेडमा रहेको खाता नं. ०२५००१००४४१४९१०००००१ मा जम्मा गरी सोको सक्कल भौचर दरखास्तसाथ पेस गर्नुपर्नेछ।४. उमेरसम्बन्धी व्यवस्था: दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।५. परीक्षाको किसिम: लिखित तथा मौखिक परीक्षा।६. दरखास्त दिने अन्तिम मिति तथा परीक्षा कार्यक्रमदरखास्त दिने अन्तिम मिति: २०८३/०७/१६ गते बेलुका ४:०० बजेसम्म।सम्पर्क मिति: २०८३/०७/१७ गते।परीक्षा मिति: सम्पर्क मितिमा जानकारी गराइनेछ।७. दरखास्तसाथ पेस गर्नुपर्ने आवश्यक कागजातहरूशैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि — २ थान।नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि — २ थान।स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि — २ थान।कार्यानुभव भए सोको प्रमाणपत्रको प्रतिलिपि — २ थान।हस्तलिखित निवेदन — १ थान।नोट: विज्ञापन नं. ०४ (सह–लेखापाल) का लागि स्थायी अध्यापन अनुमतिपत्र आवश्यक पर्ने छैन।