सब-इन्जिनियर, असिष्टेण्ट सब इन्जिनियर, अमिन

कविलासी नगरपालिका नगर कार्यपालिकाको कार्यालय · कविलासी, सर्लाही, मधेश प्रदेश, नेपाल

कविलासी नगरपालिका नगर कार्यपालिकाको कार्यालय · कविलासी, सर्लाही, मधेश प्रदेश, नेपाल
Local / MunicipalApply by 2026-11-30via merojob
कविलासी नगरपालिकाकविलासी, सर्लाही, मधेश प्रदेश, नेपालनगर कार्यपालिकाको कार्यालयप्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०८/०८कविलासी नगरपालिकाद्वारा सम्पादन हुने पूर्वाधारसम्बन्धी कार्यका लागि करार सेवामा तपसिलबमोजिमका पद तथा पद सङ्ख्यामा कर्मचारी आवश्यक भएकाले श्री लोक सेवा आयोग तथा प्रदेश लोक सेवा आयोगबाट प्रकाशित सम्बन्धित पदका विभिन्न विज्ञापनमा अस्थायी तथा वैकल्पिक योग्यताक्रममा रहेका उम्मेदवारहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न आह्वान गरिन्छ।तोकिएको समयभित्र निवेदन पेस गर्ने उम्मेदवारहरूमध्येबाट अन्तर्वार्तामार्फत छनोट गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।१. आवश्यक पद तथा कर्मचारीको विवरण(क) विज्ञापन नं: १/२०८२/०८४सेवा: इन्जिनियरिङसमूह: सिभिलपद: सब–इन्जिनियर (सहायक पाँचौँ तह)माग सङ्ख्या: २ (दुई)तलब स्केल: नेपाल सरकारले सहायक पाँचौँ तहका लागि निर्धारण गरेको सुरु तलब स्केल।छनोटको किसिम: अन्तर्वार्ता।(ख) विज्ञापन नं: २/२०८३/०८४सेवा: इन्जिनियरिङसमूह: सिभिलपद: असिस्टेन्ट सब–इन्जिनियर (सहायक चौथो तह)माग सङ्ख्या: ३ (तीन)तलब स्केल: नेपाल सरकारले सहायक चौथो तहका लागि निर्धारण गरेको सुरु तलब स्केल।छनोटको किसिम: अन्तर्वार्ता।(ग) विज्ञापन नं: २/२०८३/०८४सेवा: इन्जिनियरिङसमूह: सर्भेपद: अमिन (सहायक चौथो तह)माग सङ्ख्या: १ (एक)तलब स्केल: नेपाल सरकारले सहायक चौथो तहका लागि निर्धारण गरेको सुरु तलब स्केल।छनोटको किसिम: अन्तर्वार्ता।२. पेस गर्नुपर्ने आवश्यक कागजातहरूव्यक्तिगत निवेदन।नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।प्रवेशपत्रको प्रतिलिपि।शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि।अस्थायी तथा वैकल्पिक योग्यताक्रममा रहेको विज्ञापन सूचनाको प्रतिलिपि।३. अन्य आवश्यक सर्त तथा जानकारीहरूनिवेदन बुझाउने अवधि सूचना प्रकाशित भएको मितिले ७ (सातौँ) दिनसम्म रहनेछ। उक्त अवधिभित्र यस नगर कार्यपालिकाको कार्यालयमा निवेदन दर्ता गराइसक्नुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा बिदापछिको कार्यालय खुल्ने पहिलो दिन निवेदन दर्ता गर्न सकिनेछ।पेस गरिएका प्रमाणपत्रका प्रतिलिपिहरूमा उम्मेदवार स्वयंले सक्कल बमोजिम नक्कल ठीक छ भनी दस्तखत गर्नुपर्नेछ।स्थानीय तहमा काम गरेको अनुभव भएका उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।उम्मेदवार प्रचलित कानुनद्वारा अयोग्य नठहरिएको हुनुपर्नेछ।अन्य आवश्यक जानकारी लिनुपरेमा कार्यालय समयभित्र यस कार्यालयको प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।
Apply / official notice ↗

← All jobs on DigiNepal