EducationApply by 2026-11-29via merojob
मध्यपश्चिम विश्वविद्यालयवीरेन्द्रनगर, सुर्खेत, नेपालप्रथम पटक प्रकाशित मिति: २०८३/०८/०७मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २६ तथा मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनिक नियमावली, २०६२ (आठौँ संशोधन) को नियम २२ को उपनियम (१) को खण्ड (क), (ख), (ग), (घ), (ङ), (च), (छ) र (ज) बमोजिमका ग्राजुएट स्कुलहरूमा सोही नियमावलीको नियम १८(६) बमोजिम डिन तथा मध्यपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा २७ बमोजिमको अनुसन्धान केन्द्र र पाठ्यक्रम विकास केन्द्रका निर्देशक पदका लागि मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासनिक नियमावली, २०६२ (आठौँ संशोधन) को नियम २३(४) बमोजिम अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशक र सोही नियमावलीको नियम ८४(६) बमोजिम पाठ्यक्रम विकास निर्देशनालयको कार्यकारी निर्देशक पदमा प्रतिस्पर्धाका माध्यमबाट पदपूर्ति गर्नुपर्ने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।उल्लिखित पदहरूमा आवेदन दिन इच्छुक योग्य उम्मेदवारहरूले सम्बन्धित विषयको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्यानुभवको प्रमाणित प्रतिलिपि तथा विश्वविद्यालयको रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजनासहितको व्यक्तिगत विवरण (Bio-Data) सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र अर्थात् नेपाली समयअनुसार २०८३ साल मङ्सिर १३ गते राति १२:०० बजेभित्र विश्वविद्यालयको आधिकारिक इमेल ठेगाना **application@mu.edu.np** मा पेस गर्नुपर्नेछ।साथै, रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजना अनुसूची–१ मा उल्लेख भएका विषयहरू समावेश गरी बढीमा २,५०० शब्दसम्मको हुनुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ।१. विज्ञापन नं. १/०८३/०८४ – डिनग्राजुएट स्कुल अफ एग्रिकल्चर एन्ड फरेस्ट्री साइन्सका लागि १ जना डिन पद।२. विज्ञापन नं. २/०८३/०८४ – डिनग्राजुएट स्कुल अफ एजुकेसनका लागि १ जना डिन पद।३. विज्ञापन नं. ३/०८३/०८४ – डिनग्राजुएट स्कुल अफ इन्जिनियरिङका लागि १ जना डिन पद।४. विज्ञापन नं. ४/०८३/०८४ –डिनग्राजुएट स्कुल अफ ह्युमानिटिज एन्ड सोसल साइन्सका लागि १ जना डिन पद।५. विज्ञापन नं. ५/०८३/०८४ – डिनग्राजुएट स्कुल अफ म्यानेजमेन्टका लागि १ जना डिन पद।६. विज्ञापन नं. ६/०८३/०८४ – डिनग्राजुएट स्कुल अफ लका लागि १ जना डिन पद।७. विज्ञापन नं. ७/०८३/०८४ – डिनग्राजुएट स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका लागि १ जना डिन पद।८. विज्ञापन नं. ८/०८३/०८४ – निर्देशकअनुसन्धान निर्देशनालयका लागि १ जना कार्यकारी निर्देशक पद।९. विज्ञापन नं. ९/०८३/०८४ – निर्देशकपाठ्यक्रम विकास निर्देशनालयका लागि १ जना कार्यकारी निर्देशक पद।अनुसूची–१रणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजनामा समावेश गर्नुपर्ने विषयहरूरणनीतिक योजना कार्यान्वयनसम्बन्धी कार्ययोजनामा देहायका विषयहरू समावेश भएको हुनुपर्नेछःसम्बन्धित संकायको विद्यमान अवस्थाको विश्लेषण।रणनीतिक प्राथमिकताहरू।प्रमुख कार्यक्रम तथा क्रियाकलापहरू।कार्यान्वयन योजना तथा समयसीमा।स्रोत, बजेट तथा अनुगमन।