NGO / INGOApply by 2026-11-24via merojob
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानवीर अस्पतालप्रथम पटक प्रकाशित मिति: २०८३/०८/०२ गतेयस अस्पताल र वैदेशिक रोजगार बोर्डको सचिवालयबीच सम्झौता भई सञ्चालनमा रहेको टेलिमेडिसिन सेन्टरमा रिक्त रहेका देहायबमोजिमका पदहरू सेवा करारद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र (अन्तिम दिन कार्यालय समयभित्र) रीतपूर्वकको आवेदन आह्वान गरिन्छ।उत्तीर्ण भएका उम्मेदवारहरूको योग्यताक्रम प्रकाशन गरिनेछ र आवश्यकताअनुसार जनशक्ति उक्त योग्यताक्रमबमोजिम क्रमशः छनोट गरी सेवा करारमा नियुक्ति गरिनेछ।१. आवश्यक पद संख्या तथा न्यूनतम शैक्षिक योग्यताविज्ञापन नं: ५/८३/८४पद: मनोसामाजिक परामर्शदातासेवा/समूह: चि.वि.रा.प्र.सेवाको प्रकार: करारआवश्यक संख्या: २ (दुई)न्यूनतम शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी मनोसामाजिक परामर्शसम्बन्धी १ वर्षको तालिम लिएको तथा सम्बन्धित क्षेत्रमा १ वर्षको अनुभव भएको हुनुपर्नेछ।२. आवश्यक कागजातहरू(कागजातको प्रतिलिपिमा उम्मेदवार आफैँले प्रमाणित गरेको हुनुपर्नेछ।)नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र (Transcript) र चारित्रिक प्रमाणपत्र (Character Certificate) को प्रतिलिपि।सम्बन्धित कार्य अनुभव तथा तालिमको प्रमाणपत्र (भएमा)।हालसालै खिचिएको पासपोर्ट साइजको फोटो २ प्रति।३. आवेदन दिने अन्तिम मिति: २०८३ साल मंसिर ८ गते कार्यालय समयभित्र।४. आवेदन दस्तुर: परीक्षा दस्तुर : रु. ७००/- (अक्षरेपी सात सय रुपैयाँ मात्र)।५. छनोटको किसिम: लिखित परीक्षा।६. तलब तथा अन्य सुविधा: प्रतिष्ठानको नियमानुसार हुनेछ।७. उमेर हद: ४५ वर्ष ननाघेको हुनुपर्नेछ।८. सम्पर्क मिति: २०८३ साल मंसिर ९ गते।नोट:`म्याद नाघी आएका वा रीत नपुगेका दरखास्तउपर कुनै कारबाही गरिने छैन। विस्तृत जानकारीका लागि यस अस्पतालको टेलिमेडिसिन सेन्टर/प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ।