HealthApply by 2026-11-18via merojob
लुम्बिनी प्रदेश सरकारस्वास्थ्य निर्देशनालयरोल्पा अस्पतालरेउघा, रोल्पास्वास्थ्य मन्त्रालय(प्रथम पटक सूचना प्रकाशित मिति: २०८३/०७/१८ गते)यस रोल्पा अस्पताल, रोल्पाका लागि स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशबाट स्वीकृत दरबन्दीअन्तर्गत तपसिलबमोजिमका पदहरूमा करार कर्मचारी व्यवस्थापन कार्यविधि (संशोधनसहित), २०८० बमोजिम कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले मिति २०८४ असार मसान्तसम्मका लागि देहायबमोजिम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त पेस गर्न यो सूचना प्रकाशित गरिएको छ। रीत नपुगेका दरखास्तउपर कुनै कारबाही गरिने छैन।१. विज्ञापन नं: २०८३/०८४-४पद: कन्सल्टेन्ट अर्थोपेडिक सर्जनतह: अधिकृत नवौँमाग संख्या: १ (एक)२. विज्ञापन नं: २०८३/०८४-५पद: कन्सल्टेन्ट पेडियाट्रिसियनतह: अधिकृत नवौँमाग संख्या: १ (एक)३. विज्ञापन नं: २०८३/०८४-६पद: कन्सल्टेन्ट गाइनोकोलोजिस्टतह: अधिकृत नवौँमाग संख्या: १ (एक)न्यूनतम शैक्षिक योग्यता: मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। विदेशी शिक्षण संस्थाबाट उत्तीर्ण गरेको भए समकक्षताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।२. दरखास्त बुझाउने विधि र स्थान: दरखास्त रोल्पा अस्पताल, रेउघा, रोल्पाको प्रशासन शाखामा पेस गर्नुपर्नेछ।३. दरखास्तसाथ संलग्न गर्नुपर्ने कागजातहरू:उम्मेदवारले दरखास्तसाथ देहायका कागजातहरू संलग्न गर्नुपर्नेछ:उम्मेदवारको व्यक्तिगत विवरण (CV)।शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि।नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।कार्य अनुभव भएमा अनुभवको प्रमाणित प्रतिलिपि।प्रचलित नेपाल कानुनबमोजिम सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।लोकसेवा आयोगको फारामको ढाँचा (अनुसूची ४) मा सम्पूर्ण विवरण भरेको फाराम।हालसालै खिचिएको पासपोर्ट साइजको ३ प्रति फोटो।पेस गरिएका कागजातहरूको प्रतिलिपिको पछाडिपट्टि उम्मेदवार स्वयंले प्रमाणित गरेको हुनुपर्नेछ।४. दरखास्त दस्तुर: दरखास्त दस्तुर रु. १,२००/- (अक्षरेपी एक हजार दुई सय रुपैयाँ मात्र) लाग्नेछ।५. दरखास्त दिने अन्तिम मिति: २०८३/०८/०२ गते कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ। उक्त दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।६. छनोटको आधार र स्थान: करार कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०८० बमोजिम स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेशबाट उम्मेदवार छनोट गरिनेछ।छनोट हुने स्थान: स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश।७. सम्पर्क मिति र स्थान: दरखास्त पेस गर्ने अन्तिम मितिको भोलिपल्ट सम्पर्क गर्नुपर्नेछ।सम्पर्क स्थान: रोल्पा अस्पताल, रेउघा, रोल्पा।८. उम्मेदवारको उमेर हद: उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।९. अन्य व्यवस्था : यस सूचनामा उल्लेख नभएका अन्य विषयहरू प्रचलित कानुनबमोजिम हुनेछ।