Apply by 2026-10-30via merojob
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड(नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्था)विज्ञापन नं: १/०८३/८४(प्रकाशित मिति: २०८३/०६/१४)पद संख्या १ (एक) यस वित्तीय संस्थामा रिक्त रहेको नायव प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा करारमा पदपूर्ति गरिने भएकोले देहायको योग्यता र कार्य अनुभव हासिल गरेका इच्छुक योग्य नेपाली नागरिकहरुबाट इमेल मार्फत dceovacancy@swmfi.com.np मा आवेदन दिनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरिएको छ ।१. शैक्षिक योग्यता तथा कार्य अनुभव: स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक / वित्तीय संस्थाको व्यवस्थापकीय तह / श्रेणीमा ५ वर्षको अनुभव भएको वा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र लघुवित्त वा बैंक/वित्तीय संस्थाको व्यवस्थापकीय तह श्रेणीमा ७ वर्षको अनुभव हासिल गरेको । अर्थशास्त्र वा व्यवस्थापन विषयमा उपाधी हासिल गरेको वा चार्टर्ड एकाउण्टेन्सी विषय अध्ययन गरेकालाई विशेष प्राथमिकता दिइने ।२.उमेर : दरखास्त दिने अन्तिम मितिमा ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको ।३.आवेदन दिने अन्तिम मिति: २०८३ कार्तिक १३ गते ।४. पारिश्रमिक: सेवाको शर्त सुविधाहरु संस्थाको नियमानुसार ।५. नियुक्तिको किसिम कार्यकाल : करार ३ वर्षका लागि हुने । करार नविकरण गर्न सकिने ।६. छनौट प्रक्रिया: छोटो सूचीमा ( Short list) छनौट व्यावसायिक कार्ययोजना तथा रणनीतिको प्रस्तुतीकरण र अन्तर्वार्ता ।७. अन्य जानकारी तथा विवरण:छोटो सूचीको छनौटमा परेका उम्मेदवारलाई आवश्यक कागजात, विवरणहरु लगायतको स्वघोषणा सम्बन्धीविवरणहरु पेश गर्न सूचित गरिनेछ ।छोटो सूचीको छनौटमा परेका उम्मेदवारलाई मात्र तोकिएको ढाँचामा व्यावसायिक कार्ययोजना तथा रणनीति प्रस्तुतीकरण गर्न लगाइनेछ ।व्यावसायिक कार्ययोजना तथा रणनीति प्रस्तुतीकरण गर्ने उम्मेदवारलाई मात्र अन्तर्वार्ताको लागि बोलाइनेछ । यो सूचना बमोजिम प्राप्त भएका आवेदनलाई छनौट उप समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ ।यस सूचना सम्बन्धी थप जानकारी तथा विवरणका लागि वित्तीय संस्थाको कर्पोरेट कार्यालय, महालक्ष्मी नगरपालिका-४, इमाडोल, ललितपुर, फोन नं. ०१-४९१२७५३ ५३ मा कार्यालय समयमा सम्पर्क गर्न सकिनेछ ।