Apply by 2026-11-04via merojob
हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँ, बर्दियाहाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. मिति २०६३/०२/१५ गते स्थापना भई सञ्चालनमा रहेको समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था हो। यस संस्थाले बर्दिया जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाई सेवा प्रदान गर्दै आएको छ।संस्थाको सञ्चालक समितिको मिति २०८३/०६/२९ गतेको निर्णयअनुसार यस संस्थाका लागि प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवश्यक कागजातसहित यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र दरखास्त आह्वान गरिन्छ। रीत नपुगेका तथा म्याद नाघी प्राप्त भएका आवेदनहरू मान्य हुने छैनन्। यो विज्ञापन रद्द गर्ने तथा छनोटसम्बन्धी सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ।१. विज्ञापनसम्बन्धी विवरणविज्ञापन नं: ०१ (२०८३/०८४)पद: प्रमुख कार्यकारी अधिकृततह: नवौँआवश्यक संख्या: १ जनान्यूनतम शैक्षिक योग्यता: व्यवस्थापन संकायमा स्नातकोत्तर तह उत्तीर्ण।सेवाको किसिम: कार्यगत रोजगारी।उमेरको हद: २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने।२. अनुभव तथा आवश्यक दक्षतासम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव भएको।कम्प्युटर, कोर बैंकिङ प्रणाली (CBS), मानव संसाधन व्यवस्थापन प्रणाली (HRM System) तथा कर्जा व्यवस्थापन प्रणाली (Loan Management System) लगायतका प्रणालीसम्बन्धी ज्ञान भएको।व्यावसायिक योजना निर्माण तथा बजारीकरणसम्बन्धी ज्ञान भएको।नेपाली तथा अंग्रेजी भाषामा बोल्न र लेख्न सक्ने क्षमता भएको।३. आवश्यक कागजातहरूआवेदनका साथ निम्न कागजातहरू संलग्न गर्नुपर्नेछ।तोकिएको ढाँचामा भरिएको निवेदन (आवेदन फाराम संस्थाको कार्यालयबाट प्राप्त गर्न सकिने)।नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।शैक्षिक योग्यता तथा कार्यानुभवका प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि।अटो साइजका फोटो २ प्रति।दरखास्त दस्तुर बुझाएको रसिद।४. दरखास्त बुझाउने अन्तिम मिति तथा स्थानअन्तिम मिति: २०८३/०८/०८ गते साँझ ४:०० बजेसम्म।सार्वजनिक बिदा परेमा: कार्यालय खुल्ने दिन।दरखास्त बुझाउने स्थान: हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि., केन्द्रीय कार्यालय, ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँ, बर्दिया।५. परीक्षाको किसिमउम्मेदवारको छनोट प्रक्रिया देहायबमोजिम हुनेछ।लिखित परीक्षाप्रस्तुतीकरणमौखिक अन्तर्वार्तानोट: छोटो सूची (Shortlist) मा परेका आवेदकहरूले मात्र लिखित परीक्षामा सहभागी हुन पाउनेछन्।